Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

UEFA EURO 2024 को आधिकारिक इ-मोबिलिटी पार्टनर, BYD ले ल्यायो 'नेपाली अब यूरो कपमा’ स्किमको योजना  


ग्लोबल पाना
सोमबार, फागुन १४ २०८०
  • 511
    SHARES

  • images
    UEFA EURO 2024 को आधिकारिक इ-मोबिलिटी पार्टनर, BYD ले ल्यायो 'नेपाली अब यूरो कपमा’ स्किमको योजना   

    काठमाडौं । नेपाल - २६ फेब्रुअरी, २०२४, नेपालको लागि BYD auto industry को अधिकृत वितरक Cimex Inc. Pvt. Ltd. ले UEFA EURO 2024 को अवसर पारी 'नेपाली अब यूरो कपमा स्किम' लिएर आएको छ। BYD, UEFA EURO 2024 को अधिकृत e-mobility पार्टनर भएकाले, यस स्किमले BYD का फुटबल प्रेमी ग्राहकहरुलाई जर्मनीमा गई प्रत्यक्ष UEFA EURO 2024 का रोमान्चक खेलहरु हेर्ने मौका दिनेछ।

    images
    images
    images

    UEFA युरो २०२४™️ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा भव्यताका साथ आयोजना गरिंदैछ। UEFA (Union of European Football Associations) र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता BYD बीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी सम्झौता हो।

    नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध Cimex Inc. Pvt. Ltd.का अनुसार ११ भाग्यशाली विजेताहरुले UEFA EURO 2024 मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्। यस स्किमद्वारा आफ्ना प्रिय ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य BYD ले राखेको छ।

    Cimex Inc. Pvt. Ltd., विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको छ। तसर्थ 'UEFA EURO 2024 स्किम'ले, पनि कम्पनीको ग्राहकवर्गको सन्तुष्टिप्रतिको समर्पण र फुटबल खेल प्रतिको मोह दर्साउँछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ