काठमाडौं । कृषि विकास बैंक लि.कर्मचारी युनियन नेपालको आयोजनामा काठमाण्डौमा संचालित अन्तर संस्थान तथा अन्तर प्रदेश फुटसल प्रतियोगितामा महिला तर्फको अन्तर प्रदेश फुटसल प्रतियोगितामा प्रथम हुने वाग्मती प्रदेशको महिला टिमले आफुहरुले प्राप्त गरेको ट्रफि एक कार्यक्रमका वीच वैंकको वाग्मती प्रदेश कार्यालयका निर्देशकको कार्यकक्षमा संक्षिप्त कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा प्रथम हुने महिला टिमका सहभागीहरुलाई निर्देशक गिरीधारी पौडेलले नेपाली ढाका खादा लगाएर सम्मान गर्दै संक्षिप्त मन्तव्य दिदै भन्नुभयो खेलले टिम स्पीरिट वढाउने र तनाव समेत हटाउने गर्दछ । यस खेलकुद कार्यक्रममा जितको लागी गोल गर्ने गरी प्रयत्न गरेर खेलेर हाम्रो टिम प्रथम हुदा हामी वाग्मती प्रदेश कार्यालय परिवार गौरवान्वित भएका छौ ।
बैंकको कार्यक्रमहरुमा सवैले यस्तै टिम स्पीरिटले लक्ष्य हासिल हुने गरी उपलव्धिमुलक काम गरेर कृषि विकास बैंकको कार्यक्रमहरुमा पनि सवै सुचकहरुमा लक्ष्य हासिल हुने गरी कार्यक्रम गरि नेपालको बैंकिग क्षेत्रको सन्र्दभमा हाम्रो कार्यक्रमहरुले सार्थकता पाएको अनुभुति गर्न सकियोस र खेल खेल्ने क्षमताको लागी सदैव स्वस्थ रहिरहनुहुन तपाईहरुमा शुभकामना दिन चाहन्छु भन्दै उक्त कार्यक्रमलाई बैंकको कार्यक्रम संग उत्प्रेरक ढंगवाट जोड्नु भयो ।
खेलकुदमा सहभागी टिमका तर्फवाट शाखा कार्यालय पुल्चोककी प्रवन्धक प्रतिक्षा नेपालले खेलको अवसर दिने र खेलकुदको लागी कोच समेत गराउन सहयोग सवै प्रदेश कार्यालयको टिमलाई धन्यवाद दिनुभयो । कार्यक्रममा प्रथम पुरस्कार ल्याउने गरी खेल्नुहुने खेलमा सहभागी टिमका अन्य सदस्य वरिष्ठ शाखा प्रमुख गोमा थापा लगायत कृषि विकास बैंक लि वाग्मती प्रदेश कार्यालय काठमाण्डौका अन्य कर्मचारीहरु समेतको उपस्थिती थियो । कार्यक्रमको समापन पश्चात सवै कर्मचारीहरु सहभागी टिमसंग सामुहिक तस्विर समेत खिचाएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


