Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वोर्ल्ड कार अवार्ड २०२४ मा BYD टप ३


ग्लोबल पाना
बिहीबार , फागुन १७ २०८०
  • 612
    SHARES

  • images
    वोर्ल्ड कार अवार्ड २०२४ मा BYD टप ३

    काठमाडौं । २६ फेब्रुअरीको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। BYD, को मोडल BYD SEAL ले “वोर्ल्ड कार ओफ द यर” र BYD DOLPHIN, ले “वोर्ल्ड अरबन कार” श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। BYDले " वोर्ल्ड कार अवार्ड " श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ।

    images
    images
    images

    विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका " वोर्ल्ड कार अवार्ड ", " युरोपीयन कार ओफ द यर ", र " नोर्थ अमेरिकन कार ओफ द यर " अत्यधिक रुपमा प्रशंसित छन्। "विश्वमा  अटोमोटिभ ओस्कर" को नाममा प्रसिद्ध भएको " वोर्ल्ड कार अवार्ड " विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। BYD को असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।  

    यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण , २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा, BYD SEAL र BYD DOLPHIN ने Euro NCAP र ANCAP परीक्षणमा पनि  पाँच-ताराको रेटिङ प्राप्त गरेका थिए। विशेषतः BYD SEAL लाई “युरोपीयन कार ओफ द यर २०२४” को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

    विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा, BYDले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो ।

    अहिलेसम्म, BYD ले छ महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुती गरिसकेको छ। २०२३ मा, BYD ग्राहकवर्गको व्यापक प्रशंसा र रोजाई जित्दै विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा अग्रणीको रूपमा उदाएको छ, जसमा थाईल्यान्ड, सिङ्गापुर, कोलम्बिया, र ब्राजिल लगायतका देशहरु समावेस छन्। 

    विश्व कार पुरस्कारको उद्देश्य संगै निरंतर यातायातको क्षेत्रमा नवीनता अभिवृद्धिको उद्देश्यका साथ, BYD प्रविधिको विकास संगै जिरो एमिशन समाधान निर्माण गर्नका लागि प्रतिबद्ध छ। यसले BYD को ग्राहकवर्गको अनुभवमा सुधार गर्न, र अटोमोटिभ उद्योगको परिवर्तन तथा प्रगति गर्नमा मात्र सिमित नभई निरन्तर रूपमा अटोमोटिभ उद्योगलाई अझै हरित र न्युन कार्बन उत्सर्जनमा परिवर्तन गरि विश्वको स्थायी विकासमा सक्रिय योगदान पुर्याउने उदेश्यलाई पनि दर्साएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ