Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सेफ ज्ञानेन्द्र बञ्जाराद्वारा सञ्चालित रेस्टुरेन्ट आमा नेप्लिज कुजिनलाई अवार्ड


ग्लोबल पाना
आइतबार, फागुन २० २०८०
  • 413
    SHARES

  • images
    सेफ ज्ञानेन्द्र बञ्जाराद्वारा   सञ्चालित रेस्टुरेन्ट आमा नेप्लिज कुजिनलाई  अवार्ड

    काठमाडौं । क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine रेस्टुरेन्टले हालसालै “Calgary’s Best New Restaurants 2024-Avenue Calgary अवार्ड प्राप्त गरेको छ ।

    images
    images
    images

    निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको Aama Nepalese Cuisine, जहाँ प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ । आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्सल, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

    घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

    पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ