Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘विद्युत महशुल वृद्धि होइन, गुणस्तर सुधार गर’


ग्लोबल पाना
मंगलबार, फागुन २२ २०८०
  • 404
    SHARES

  • images
    ‘विद्युत महशुल वृद्धि होइन, गुणस्तर सुधार गर’

    विराटनगर । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको सार्वजनिक भएपछि पूर्वका उद्योगी-व्यवसायीले महशुल वृद्धि नगर्न माग गरेका छन् ।उद्योगी-व्यवसायीको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

    images
    images
    images

    उद्योग व्यवसाय क्षेत्रले दैनिक दश घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको उल्लेख गर्दै संगठनले हाल विद्युत महशुलमा कुनै प्रकारको वृद्धि नगर्न माग गरेको हो ।

    असहज वर्तमान समयमा निरन्तर विद्युत उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न संगठनले जोड दिएको छ । विभिन्न कठिनाईको सामना गर्दै हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रति यूनिट विद्युत तुलनात्मक रुपमा अन्य मुलुकको भन्दा वढी रहेको संस्थाले जनाएको छ ।

    त्यस्तो अवस्थामा फेरि पनि विद्युत महशुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष्ँ प्रभाव वस्तुको उत्पादन मूल्यमा पर्न गई आम उपभोक्तामा महँगीको मारमा पर्ने संगठनका अध्यक्ष्ँ राकेश सुरानाले जनाएका छन् ।

    अध्यक्ष सुरानाले पूर्व सूचनाबिना उद्योग व्यवसायमा हुने ‘पावर कट’ ले श्रमिक व्यवस्थापनमा कठिनाई भएको जनाए । उनले विद्युतको पुरानो संरचनाका कारण सानो झरी, बर्षा, हावामा समेत अत्यधिक पावर कट भई उत्पादन प्रकृया रोकिनाले जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रँस आई स्वदेशी उद्योगहरुको प्रतिष्पर्धात्मक क्ष्ँमता नै ह्रास आइरहेको बताए ।

    प्राधिकरणको महशुल भुक्तानीमा विलम्व हुदा उपभोक्तासँग जरिवाना लिने तर विद्युतको गुणस्तरका कारण उद्योगको मिल मेशिनेरीमा आउने खराबीको जिम्मेवारी कस्ले लिने ? भनी उनले प्रश्न गरेका छन् ।

    संगठनले हाललाई उद्योगहरुले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युतको गुणस्तर, बारम्वार भइरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युतको उपलब्ध गराउन प्राधिकरणसँग माग गरेको छ ।

    त्यसैगरी अन्य सार्क राष्ट्रहरुले निर्धारण गरेको विद्युत महशुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसंग सम्वन्ध राख्ने विद्युत महशुल हाललाई यथावत राखी कुनै प्रकारको वृद्धि नगर्न संगठनले विद्युत नियमन आयोगसमक्ष माग गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ