Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली बजारमा भित्रियो EICHERS को इन्जिन आयल


ग्लोबल पाना
बुधबार, फागुन २३ २०८०
  • 399
    SHARES

  • images
    नेपाली बजारमा भित्रियो EICHERS को इन्जिन आयल

    काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै EICHERS को इन्जिन आयल भित्राएको  छ। टगालस्थित बतास एम.ए.डब्लु. प्रा. लि .को मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक श्री शान्तराज बतास ले EICHERS को इन्जिन आयल भित्राएको जानकारी दिनुभयो।

    images
    images
    images

    सो कार्यक्रमको अवसरमा बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक श्री शान्तराज बतासले EICHERS इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एम.ए.डब्लु. प्रतिबद्ध रहेको  जानकारी दिनुभयो ।

    व्यवसाईले व्यवसाय गर्नको लागि गाडी खरिद गरेको हुन्छ, र तेसको हेरचार गर्नु व्यवसाईको कर्तब्य हो,  सानो गल्तीले ठुलो क्षेती व्यहोर्नुपर्ने हुन्छ, कुनैपनि Engine बिशेष प्रबिधि अनुरुप बनेको हुन्छ, र तेसमा प्रयोग हुने लुब पनि बिशेष प्रकारले बानाईएको हुन्छ, जसले गर्दा Engine को performance  बढ्नुको साथै Engine को आयुमा वृद्धि हुन्छ,  नक्कली वा कम गुणस्तरको लुब प्रयोग गर्दा इन्जिनको स्वास्थ्य र कार्यसम्पादनमा ह्रास आउछ ।

    तेसैले गुणस्तरीय लुब प्रयोग गरि आफ्नो गाडीको कार्य क्षमता बढाउनुको साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारी साधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकहरूका लागि EICHERS  उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प हो। साथै गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवालले बताउनुभयो ।

    EICHER कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसनआयल, इन्डष्ट्रियल आयल, आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । EICHER Lube फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ ।

    भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ। विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ