Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

देशभर आंशिकदेखि साधरणतया बदली रहने


ग्लोबल पाना
बिहीबार , चैत ८ २०८०
  • 341
    SHARES

  • images
    देशभर आंशिकदेखि साधरणतया बदली रहने

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कणर्ाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको तथा कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ तथा गण्डकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ