Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

'सुपर लक्जरी श्रेणी' अन्तर्गत KNP Nerolac को पेन्टस् सार्वजनिक


ग्लोबल पाना
शनिबार, चैत २४ २०८०
  • 311
    SHARES

  • images
    'सुपर लक्जरी श्रेणी' अन्तर्गत KNP Nerolac को पेन्टस् सार्वजनिक

    काठमाडौं । जापानको सर्वोत्कृष्ट पेन्ट KNP Nerolac Paint ले हालै मात्र नेपाल भरिका आफ्ना सम्पूर्ण अधिकृत विक्रेताहरु संग भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना दुई नयाँ पेन्ट Excel Everlast 12 र Impressions Eco-clean सार्वजनिक गरेको छ।

    images
    images
    images

    यहि चैत्र ९ गते काठमाण्डौ, बानेश्वरको एभरेस्ट होटेलमा आयोजित 'Business Partners Conclave २०८०' कार्यक्रममा सार्वजनिक गरिएका दुई पेन्ट मध्ये 'Excel Everlast 12' पेन्ट Exterior पेन्ट र 'Impressions Eco-clean' घरको भित्री सतहमा लगाउने Interior पेन्ट हो। यी दुवै पेन्टमा 'सुपर रिच प्रपर्टिज' र हानिकारक किटाणु प्रतिरोधि लगायतका थुप्रै बिशेषताहरु रहेका छन्। सार्वजनिक गरिएका दुई पेन्टहरु मध्ये 'Excel Everlast 12' मा १२ वर्ष सम्मको वारेन्टी दिइएको छ।

    कुनै पनि बहुराष्ट्रीय कंपनीद्वारा नेपालमा विक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्ष सम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो। ‘Impressions Eco-clean’ पेन्टमा 'सुपर लक्जरी फिनिश' र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले, घर भित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ।

    पेन्ट सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलो पटक प्रदर्शन गरिएको थियो। देशभरका अधिकृत विक्रेताहरुको भेला, उत्पादनका बारे प्राविधिक जानकारी र रङ्गीन सांगीतिक माहोलसंगै कार्यक्रम भव्य रुपमा सफल भएको जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ