Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखाको छैठौ जिल्ला अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित


ग्लोबल पाना
शनिबार, चैत २४ २०८०
  • 741
    SHARES

  • images
    स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखाको छैठौ जिल्ला अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित

    काठमाडाैं । स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौ शाखाको छैठौ जिल्ला अधिवेशन तथा आठौ साधारण सभा र ललितपुर जिल्लाको पाचौ अधिवेशन साथै उपत्यका भेला सम्पन्न भएको छ ।

    images
    images
    images

    काठमाण्डौ जिल्ला अध्यक्ष तथा उपत्यका सम्योज पुष्कर राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के.बि. सम्राटको प्रमुख आतिथ्यता थियो भने संघका राष्ट्रिय पदाधिकारी उपमहासचिव रत्न प्रजापति, कोषाध्यक्ष बद्रि दुलालको विशेष आतिथ्यता थियो ।

    यस्तै अतिथिहरुमा राष्ट्रिय पार्सद प्रताप राना मगर, राजेश अमात्यको उपस्थिति थियो । भने बिभिन्न सघ सस्थाबाट आउनु भएका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको छ। अधिवेशनले पुष्कर राज पाण्डेको नेतृत्वमा ७ सदस्यीय नया जिल्ला कार्य समिति निर्वाचन प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरुको घोषणा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष के बि सम्राटले प्रस्तुत गर्नुभएको थियो ।

    २ वर्षे कार्यकाल रहेको निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष पुस्कर राज पाण्डे, उपाध्यक्ष सावित्री बस्नेत, कोषाध्यक्ष रिता श्रेष्ठ प्रधान, सचिव कृष्णराज तिमिल्सिना, सहसचिव मधु कटेल (अमि) निर्वाचित भएका छन् ।

    यस्तै सदस्यहरुमा प्रदिप श्रेष्ठ र शुसिल राना निर्वाचित भएका छन् । यसरि नै राष्ट्रिय पार्सदमा के बि सम्राट र महेश बिक्रम कुवर निर्वाचित भएका छन् । भने प्रदेश पार्सदमा प्रताप राना मगर र बसन्त राज घिमिरे निर्वाचित भएका छन् । 

    त्यस्तै ललितपुर जिल्लाबाट उपेश नवाक सर्वसम्वत अध्यक्ष चयन भयेका छन् । कार्यक्रममा उपस्थित अतिथि, विशेष अतिथिहरुले आआफ्नो शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिको आसनबाट राष्ट्रिय उपाध्यक्ष सम्राटले स्वतन्त्र पत्रकारले देश र जनताका लागि निभाउनु पर्ने भूमिकामाथि प्रकाश पार्दै निर्वाचित पदाधिकारीहरुलाई सिन्दुर अबिरले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम सञ्चालन भने ललितपुर शाखा अध्यक्ष उपेश नौवाकले गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ