काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निणर्य गरेको थियो । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका हुन् ।
नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


