Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा धरानमा उद्घाटन


ग्लोबल पाना
सोमबार, चैत २६ २०८०
  • 245
    SHARES

  • images
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको अत्याधुनिक नयाँ शाखा धरानमा उद्घाटन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोक धरानमा नयाँ शाखा उद्घाटन गरेको छ । धरानमा रहेको उक्त शाखा आज उद्घाटन भएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चम्लागाई मैनाली, भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब. गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् ।

    images
    images
    images

    यो नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ ।

    यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिङको समेत सुविधा व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ