Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एफआई लेगेसीको पन्ध्रौँ वर्ष पूरा भएको अवसरमा यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी


ग्लोबल पाना
मंगलबार, वैशाख ११ २०८१
  • 432
    SHARES

  • images
    एफआई लेगेसीको पन्ध्रौँ वर्ष पूरा भएको अवसरमा यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी

    काठमाडौं ।  मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्गीकार गरेको १५ औं वर्ष पूरा भएको छ। यो कोसेढुङ्गा नवप्रवर्तनको दशक मात्र नभई उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धताको प्रमाण समेत हो। यस उपलब्धीलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ। यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको हो।

    images
    images
    images

    फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदुषण समेत घटाएको छ। नवप्रवर्तनको निरन्तर अध्ययन र खोजका लागि परिचित यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नको लागि प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको छ।

    एफजेड शृङ्खलाका सबै बाइकहरूमा प्राप्त हुने यस ऐतिहासिक १० वर्षको वारेन्टीले गुणस्तर, स्थायित्व र ग्राहक सन्तुष्टिप्रति यामाहाको बलियो प्रतिबद्धतालाई सङ्केत गर्दछ। यसले यामाहालाई भरपर्दो र विश्वासिलो ब्रान्डको रूपमा अझै बलियो ढंगले स्थापित गर्दछ। साथै यो कोसेढुङ्गा यामाहाको उपलब्धी मात्र नभई बृहत्तर रुपमा नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता पनि हो। आगामी दिनलाई मध्यनजर गर्दै प्रविधिको सीमाहरूलाई फराकिलो पार्न र विश्वभरका सवारहरूलाई असाधारण अनुभवहरू प्रदान गर्न यामाहा समर्पित छ।

    नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवालले कोसेढुङ्गा प्राप्तीको यस अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, "यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्दित छौं।"

    यामाहाको १० वर्षको वारेन्टीले मोटरसाइकल उद्योगको क्षेत्रमा सवारी चालकहरूलाई अतुलनीय आत्मविश्वास प्रदान गर्ने नयाँ मानक स्थापित गर्दछ। माथिल्लो मुस्ताङको दुर्गम भूभागदेखि काठमाडौंको भीड सडकसम्म यामाहा एफजेड बाइकहरूले बारम्बार आफ्ना क्षमताहरू प्रमाणित गर्दै आएका छन्। अब १० वर्षको वारेन्टीको साथ राइडरहरूले अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न सक्नेछन्।

    यामाहा सबै सवार र उत्साहीहरूलाई यो महत्त्वपूर्ण अवसरको उत्सवमा सामेल हुन आमन्त्रित गर्दछ। आजै आफ्नो नजिकको यामाहा डिलरमा गएर आत्मविश्वासका साथ सवारीको रोमाञ्चक अनुभव लिनुहोस्। यामाहा खरिद गर्ने सबै ग्राहकहरुले १० वर्षे वारेन्टीको छातामुनि रहेर मानसिक शान्तिका साथ आफ्नो अर्को साहसिक यात्रामा लाग्न सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ