Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


ग्लोबल पाना
शुक्रबार, वैशाख १४ २०८१
  • 299
    SHARES

  • images
    केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ