Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१९औँ हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित


ग्लोबल पाना
आइतबार, मंसिर २५ २०७९
  • 217
    SHARES

  • images
    १९औँ हस्तकला मेलामा ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

    काठमाडौं । नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापारमेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा सङ्लग्न काठमाडौँ उपत्यकाभित्र र बाहिरका १० कलाकारलाई सम्मान गरिएको हो । महासङ्घले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष प्रचण्ड शाक्यले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

    images
    images
    images

    सम्मानित हुनुहुने कलाकारमा माटोजन्य कला विधातर्फ भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापति, कताँ ज्या विधामा ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधामा बुङमती ललितपुरका ८० वर्षीय मुनीराज ब्रह्मचार्य, जडाउ कला विधामा काठमाडौँ बौद्धकी ७७ वर्षीय भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कला विधामा ढल्को काठमाडौँका ७४ वर्षीय प्रा स्वस्तिरत्न शाक्य छन् ।

    पत्थरजन्य कला विधामा खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कला विधामा पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कला विधामा क्षेत्रपाटी काठमाडौँका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्का विधामा हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडा विधामा चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार ‘ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मान, २०७९’बाट सम्मानित भएका छन् । कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारलाई नेवारी परम्परा र संस्कृतिअनुसार सगुन दिई खादा ओढाइएको थियो ।

    उनीहरूलाई ताम्रपत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतिव्यक्ति औषधि उपचार खर्च वापत रु चार हजार प्रदान गरिएको छ । शुक्रबारबाट सुरु भएको मेला मङ्गलबारसम्म सञ्चालन हुनेछ । मेलाबाट अन्तरराष्ट्रिय बजारमा सिधा पहुँच पुर्‍याउन नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरुसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर पनि प्राप्त गरेका छन् । प्रत्येक वर्ष व्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने गरेका छन् ।

    हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान भइरहेको छ । विदेशमा चलिरहेको रङ संयोजन, डिजाइन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारले मेलामार्फत जानकारी प्राप्त गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ