Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न


ग्लोबल पाना
शुक्रबार, वैशाख २१ २०८१
  • 287
    SHARES

  • images
    ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न

    काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताको साथ सम्पन्न भएको छ । काठमाडौंको थापा गाउँमा रहेको काठमाडौं बेङ्क्युटमा नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम महासंघका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।

    कार्यक्रमको बिशेष अतिथिमा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिवेक), ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवाल, सामुदायिक सेवा केन्द्र चाबहिलका उपाध्यक्ष तथा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी रहनु भएको थियो भने महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, निरन्जन कुमार श्रेष्ठ सल्लाहकार नारायण श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, देवराज बस्नेत, महासंघका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,प्रथम उपाध्यक्ष केदार अधिकारी,उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक रण बहादुर बि.क.को आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा स्वागत मनतव्य तथा बार्षिक उपलब्धि र भावि योजना बारे बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले ब्यवसाय दर्ता गर्न आनकान गर्न थालेपछि त्यसको कानुनी तथा ब्यवहारीक उपचारको खोजि किन नगर्ने भन्दै प्रधानमन्त्री, सभामुख, अर्थ मन्त्री, उद्योग मन्त्री, तथा उर्जा तथा जलश्रोत मन्त्री संग भेटघाट गरि ७ बुँदै ज्ञापन पत्र समेत बुझाएको बताउनु भयो ।

    अध्यक्ष श्रेष्ठले महासंघको नेतृत्व सफलहुनु भनेको आम ब्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको बिकास गर्ने तथा प्रभावशालि उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।

    ग्रील तथा स्टील ब्यवसाय हरेक हिसावले जोखिमयुक्त ब्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुबिधा सहितको कर्मचारी नियुक्ति, कम्पनि ऐन र नियम बमोजिम जिवन बिमा, म्यादि बिमा, स्वास्थ्य बिमा, मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु, उत्पादनबाट हुने खुद मुनाफा बाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने बिषयमा महासंघले संबन्धित सरकारी निकायसंगको सहकार्यमा कार्यक्रहरु बनाउने तथा यसैबर्ष मुल्य सुचि प्रकाशन गरि आम ब्यवसायीहरुको ब्यवसायमा पुर्याउने कार्य भईरहेको बताउनु भयो ।

    कार्यक्रममा क्षेत्रिय समितिको तर्फबाट काठमाडौं पश्चिम क्षेत्रिय अध्यक्ष शैलेस ठकुरी तथा काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य ललितपुर जिल्लाका अध्यक्ष भागवत सुबेदीले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा महासंघको सल्लाहाकारमा मनोनित निरन्जन कुमार श्रेष्ठ, नारायण श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, देवराज बस्नेत, रामशरण रिमाल, अर्जुन बोहोरा, यम प्रसाद पौडेललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै गण्डकी प्रदेशबाट महासंघको केन्द्रिय सदस्यमा मनोनित विश्व प्रसाद कर्माचार्य लाई प्रमाणपत्र प्रदान गरिएको थियो । शुभकामना मन्तब्य राख्दै महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठले इकाई देखि महासंघ सम्मको सांगठानिक संरचना तयार गर्दा भोग्नु परेको तितो ईतिहासलाई सम्झदै हरेक कुरामा बिस्तारै सुदृढ हुँदै गएको यो महासंघमा अझै भाईचाराको सम्बन्ध बिकास गर्न नसकेकोमा आफुलाई दुःख लागेको बताउनु भयो ।

    मनतब्य राख्ने क्रममा महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले महासंघले ल्याएका हरेक कार्य योजनाहरु राम्रो भएकोले यसलाई कार्यन्वय गरि सफल बनाउन नेतृत्व गंभिर हुनुपर्ने बताउनु भयो । फुटेर र मनमुटाब गरेर भन्दा पनि एक अर्कामा सहयोग गरेर अगाडी बढ्न आग्रह समेत गर्नु भयो । मनतव्यकै क्रममा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी(बिवेक)ले यो देशमा केहि गर्न सकिदैन भन्ने भाष्य निर्माण गरेर देशलाई असफल राष्ट्र बनाउन लागि परेका दलालहरुलाई समेत माथ खुवाउँदै यहि देशमा भविश्य देखेर पुँजी संगै श्रमको समेत लगानी गरेका ग्रील तथा स्टील ब्यवसायीहरुको पिर मर्काको बारेमा आफुले सम्बन्धित ठाउँमा कुरा उठाउने बताउनु भयो ।

    नीति निर्माण तह बाटै समस्याको समाधान गर्न सरकारका निकायहरुमा आफुले समेत पहल गर्ने बताउनु भयो । प्रमुख अतिथि नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले यो ब्यवसाय र ब्यवसायीहरुको हितको लागि आगामी बजेटमा कार्यक्रमहरु कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित मन्त्री ज्यूहरु संग छलफल गरि समस्या समाधानको बाटो खोज्न आफुले पहल गर्ने बताउनु भयो ।

    मन्त्री तामाङले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यो ब्यवसायले देशलाई योगदान दिएकोले राज्यले गंभिर भएर सोच्नु पर्ने पनि बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ