Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘पूणर्बहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार


ग्लोबल पाना
बिहीबार , जेठ ३ २०८१
  • 394
    SHARES

  • images
    ‘पूणर्बहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार

    काठमाडौं । फिल्म ‘पूणर्बहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन् । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् ।

    images
    images
    images

    निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको छैन । निर्माता विनोद पौडेलले सोसल ड्रामामा आधारित फिल्ममा गहन विषय उठान गरिने बताए ।

    सरोज पौडेलको लेखन र निर्देशन रहने फिल्म जेठको दोस्रो साताबाट छायाङ्कनमा जाँदैछ । २०८२ मा रिलिज हुने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । महशे दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत रहने फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ