काठमाडौं । लोक गायक अर्जुन सापकोटाकाे एक साता अघि सार्वजनिक भएको नयाँ गीत ‘बस्यौ अलक्कै’ युट्युव ट्रेडिङको पहिलो नम्बरमा परेको छ। लोकगायक अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर रहेको यो गीत युट्युबमा सबैभन्दा बढी रुचाइएको छ ।
शनिबार सार्वजनिक गीत ‘बस्यौ अलक्कै’ मा अर्जुनसँगै गायिका शान्तिश्री परियारको स्वर छ। यो गितको भिडिओमा अर्जुन र मोडल गरिमा शर्माले अभिनय गरेका छन्। यी दुईको यो पहिलो सहकार्य हो। अर्जुनकै संगीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। एचबिएन किस्मतले यसको एरेन्ज गरेका हुन्।
युवकको एकोहोरो प्रेमको कथा गीतमा देखाइएको छ। विशाल घिमिरेको कथा एवं निर्देशनमा भिडिओ तयार भएको हो। भिडिओमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसी पनि देखिएका छन्।
बुद्व थापाको छायांकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। गायक अर्जुनले आफ्नै युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन्।
यसअघि उनका ‘बनकी चरी’, ‘पछयौरी लिस्यो’, ‘दुई दुना चार’, ‘ए ठुली’, ‘डाँडैको टुनी’, ‘पानी परेको’ लगायतका गीत हिट छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


