Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गोरखामा कट्टेलडाडा-आमाडाँडा सडक कालोपत्र


ग्लोबल पाना
आइतबार, जेठ ६ २०८१
  • 350
    SHARES

  • images
    गोरखामा कट्टेलडाडा-आमाडाँडा सडक कालोपत्र

    गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिकास्थित कट्टेलचोक-कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक-आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    images
    images
    images

    गत वैशाखमा सडक कालोपत्र थालिएको हो । गोरखा नगरपालिका-८ र ९ जोड्ने उक्त सडकखण्ड  २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताइन् ।

    “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उनले भनिन् । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्याउन सहज भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ