Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


ग्लोबल पाना
मंगलबार, जेठ ८ २०८१
  • 279
    SHARES

  • images
    मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कणर्ाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कणर्ाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


    कोसी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ