Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन 


ग्लोबल पाना
बुधबार, जेठ ९ २०८१
  • 510
    SHARES

  • images
    फिस्टेल एसइई कप : फिस्टेल र भद्रकाली च्याम्पियन 

    पोखरा, जेठ ९ । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा ३*३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २-१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।

    images
    images
    images

    यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २-१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७-० ले पराजित गरेको थियो । बास्केटबलतर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।

    एसइई २०८० मा सहभागी भएका विद्यार्थीहरूबिच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फसैबहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरे ।  

    फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ