Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेश छलफल कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बुधबार, जेठ १६ २०८१
  • 478
    SHARES

  • images
    नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेश छलफल कार्यक्रम सम्पन्न

    जेठ १६, काठमाडौ । ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल द्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा बुधबार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालले आयोजना गरेको कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो ।

    images
    images
    images

    ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका कार्यवाहक अध्यक्ष रमेश भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा टोखा नगरपालिका वडा न ५ का अध्यक्ष मदन गुरूङ, रधुबंशी भण्डारी सेवा नेपालका अध्यक्ष पुन्य भण्डारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे लगाएतले आफ्नो मौलिक खानालाई जोगाइ राख्न आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

    हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै जाने हो भने हामी सकिन्छौ भनि सबैलाई सुझाब दिदै आफ्नो मौलिक खानाला कहिले भुल्न नहुने बिचार ब्यक्त गर्नु भयो । कार्यक्रमा मौलिक र लोक खाना थेन्दुक कोदोको सेलरोटी, मकैको खीर, गुन्द्रुक सादेको, पुवा, मही, लडु, सरवत पस्किएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ