Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बागमति कोरिडोर क्षेत्रमा बृक्षारोपण


ग्लोबल पाना
बिहीबार , जेठ २४ २०८१
  • 342
    SHARES

  • images
    बागमति कोरिडोर क्षेत्रमा बृक्षारोपण

    काठमाडौं । बिश्व वातबरण दिवशको अवसर पारेर पशुपतिनाथ मन्दिर परिशरको बागमति कोरिडोर क्षेत्रमा बृक्षारोपण गरिएको छ । आज अग्रेजी महिनाको जुन ५ तारिक अर्थात अन्तराष्टिय वातवरण दिवसको अवसरमा पशुपतिनाथ क्षेत्र बिकास कोषसंगको समन्वयमा बिभिन्न निजि संघसस्थाहरुले सयुक्त रुपमा बृक्षारोपण गरेका हुन ।

    images
    images
    images

    आतिथ्य सेवा प्रदायक संस्था ह्यात रेजेन्सी काठमान्डौँको आयोजना तथा पाककला प्रशिक्षण र प्रवर्दनको अग्रणी आइएचएम कलेज सातदोबाटोसंगको सहकार्यमा आयाृेजित उक्त कार्यक्रममा निर्माण कार्य हुदै गरेको कोरीडोर क्षेत्रमा असारे फुलका बिभिन्न प्रजातीका बृक्षहरु रोपिएको थियो ।

    साथै होटलका स्टाफ तथा कलेजका प्रशिक्षक र बिद्यार्थीहरुले उक्त क्षेत्रमा सरसफाई गर्नुका साथै प्लास्टीक जन्य बस्तु तथा प्रदार्थहरुको संकलन तथा ब्यवस्थापन समेत गरेका थिए । कार्यक्रममा ब्राइट फ्युचर स्कुल, सातदोबाटाका बिद्यार्थीहरुले बनविनास तथा डढेलो रोकथामका उपायहरु समेटिएको सन्देशमुलक नाटक उपाय के होला शिर्षकको नाटक प्रस्तुत गरेका थिए भने आइएचएम कलेजका कलाकार बिद्यार्थीहरुले जमिन मिचिएको मुर्दाघाट शिर्षकको नाटक प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको समापन समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले खोलानाला मिचिदै र पानीको मुहान तथा स्रोतहरु मासिदै जानुले मानब सभ्यताको बिकासक्रम र त्यसको अस्तित्व माथिनै संकट पैदा गरेको बताउनुभयो । कार्यकारी अधिकृत प्रसाईले पशुपतिनाथ कोरीडोर क्षेत्रको ब्यवस्थापनमा बिकास कोषले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै आज रोपिएका बृक्षहरुको संरक्षण तथा रेखदेखको कार्यमा बिशेष अग्रसरता देखाउन आग्रह समेत गर्नुभयो ।

    बृक्षहरु रोपिएको कोरीडोर क्षेत्र भएर आगामी दिनमा घाटसम्म लास लैजाने बिकास बोर्डले तयारी गरेको स्मरण गर्दै उहाले भबिश्यमा यीनै असारे फुलरुबाट मृतक प्रति अन्तिम श्रदान्जली दिन समेत काम आउने बिश्वास ब्यक्त गर्नुभयो । त्यस्तै ह्यात रेजेन्सीका म्यानेजर बिलास खत्रीले वल्ड अफ ह्यात अन्तरगर्त रहेर बर्षै भरि बिभिन्न सामाजिक कार्य गर्दै आएकोमा पहिलो पटक आफूहरुले आइएचएम कलेजसंगको सहकार्यमा पशुपतिनाथ क्षेत्रमा बृक्षारोपण गर्न पाउदा खुसी ब्यक्त गर्नुभयो ।

    त्यस्तै वाताबरण बिज्ञ मिरा लामिछानले सरोकार पक्षले पर्याप्त ध्यान नदिदा धार्मिक पर्यटकीय स्थल भएका कोरीडोर क्षेत्रको फाहोरमैला ब्यवस्थापन बिगत देखिनै चुनौती बन्दै आएको बताउनुभयो । कार्यक्रममा कलेजका करिब ६० जना बिद्यार्थी र होटलका बिभागिय प्रमुख, उप प्रमुख गरि २० जना स्टाफहरुले सयुक्त रुपमा सहभागिता जनाएका थिए ।

    सो अवसरमा कार्यक्रममा सहभागि संघसस्था, बिद्यार्थी र ब्यत्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ