Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सीजीद्वारा क्यानलाई ६० लाख सहयोग गर्ने घोषणा, वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा


ग्लोबल पाना
सोमबार, जेठ २८ २०८१
  • 361
    SHARES

  • images
    सीजीद्वारा क्यानलाई ६० लाख सहयोग गर्ने घोषणा, वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा

    काठमाडौं । सीजी फुड्सले अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रु. ६० लाख सहयोग गर्ने भएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो सहयोगको घोषणा गरेको हो । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको सीजीले वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट पनि बजारमा ल्याएको छ ।

    images
    images
    images

    वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई प्रोत्साहन र समर्थन स्वरुप नेपाली क्रिकेट टिमलाई सहयोग उपलब्ध गराएको जनाइएको छ ।

    सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । सिजी फुड्सको यो सहयोगले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा उत्साह थप्ने कम्पनीको अपेक्षा छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ