मधु कट्टेल (एनिमल नेपाल)
एनिमल नेपालले मापदण्ड विपरीत यातनापूर्वक गरिदिने पशु ढुवानी विरुद्ध आवाज उठाउँदै आएको थुप्रै वर्ष भएको छ । पशुपन्छी ढुवानी गर्दा अथवा मासुको लागि बध गर्नुअगाडि त्रासदीपूर्ण वातावरणमा नराखी बाचुन्जेल स्वतन्त्र ढंगले भयरहित वातावरण बाँच्न पाउने अधिकारको बारे आवाज बुलन्द गर्दै आएको हो । सरकारले जारी गरेको पशु सेवा ऐन २०५५ तथा सो को नियमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार लागु भएको छैन । पशुपन्छीलाई निर्दयी र यातनापूर्ण तरिकाले गाडीमा ओसारपसार गर्नु अपराध मानिन्छ । मापदण्ड तयार भएको थुप्रै वर्ष पुग्दा पनि व्यवहारमा लागु नगरिएको र कोचाकोचको अवस्थामा पशुप्राणीको ढुवानी गरिएको पाइन्छ ।
नेपालमा पशु कल्याणका विषय अझै पनि ओझेलमा परेको छ । मापदण्ड विपरित पशुपन्छीलाई यातनापूर्वक ढुवानी गर्नु अपराध हो । नेपालमा मापदण्ड विपरित पशु ढुवानी हुँदा पशु तथा चौपायाले सास्ती खेप्न बाध्य भएका छन् ।
सरकारले ०६४ मा जारी गरेको मापदण्ड लागु नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशु ढुवानी गरिरहेको पाइन्छ । हरेक जिवित प्राणीको स्वतन्त्र बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्दछ । एउटै गाडीमा असहज हुने गरि धेरै पशु कोच्न पाइदैन ? नाक र पुच्छर बाध्न पाईदैन ? भोक तिर्खामा राख्न पाइदैन ? ८ घण्टा भन्दा वढि हिडाउन पाइदैन ? गाडीलाई तिब्र गतिमा गुडाउन पाईदैन ? पशु चौपायालाई टाढाबाट ढुवानी गरेर लैजाँदा पनि उनीहरुले कुनै सास्ती नझेल्ने गरी लैजानुपर्छ तर नेपालमा त्यस्तो अवस्था देखिदैन् ।
लामो दुरीमा पशु ढुवानी गर्दा उनीहरुलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक छ । पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । शारीरिक बनावट फरक भएका पशु एउटा गाडीमा ढुवानी गर्न पाइँदैन । राँगाभैंसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर पनि बाँध्न नपाइने, राँगाभैंसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने ढुवानी मापदण्ड रहेको छ ।
पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
त्यसरी लापरवाहीपूर्वक ढुवानी गर्दा मरेका पशुहरु बजारमा ल्याएर विक्रीवितरण गरी उपभोक्तालाई मासु खुवाउने काम गरेको पाइन्छ । तर, सरकार र सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिएको पाइँदैन । गर्मीको सिजनमा खसीबोकालाई गाडीको छत र डिकीभित्र यातनापूर्वक ढंगले कोचेर ल्याउने गरेको पाइन्छ । लामो दुरीबाट पशु ढुवानी गर्दा घाँस पानीको व्यवस्था गरेको पाइँदैन ।
उता, ट्रकमा राँगा, भैसी ल्याउँदा पराल र फर्मको व्यवस्था गर्नुपर्ने नियममा उल्लेख छ तर, त्यसो गरेको पाइँदैन । पशु ढुवानीको लागि गाडीमा राख्दा र ओराल्दाको दृश्य हेर्ने हो भने झन् दर्दनाक अवस्था देखिन्छ । त्यसमा अहिलेसम्म नियमावलीमा तोकिएको मापदण्ड अपनाइएको पाइदैन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


