Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

४ प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ आजको मौसम


ग्लोबल पाना
मंगलबार, असार ४ २०८१
  • 294
    SHARES

  • images
    ४ प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ आजको मौसम

    काठमाडौं । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images
    images

    विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका केही तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ