Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’


ग्लोबल पाना
मंगलबार, असार ४ २०८१
  • 261
    SHARES

  • images
    कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’


    काठमाडौं, असार ३ । कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका-कोला नेपालले सुरु गरेकोथियो । हालसम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन्।

    images
    images
    images

    ‘सक्षम’ कार्यक्रमको बारेमा बोल्दै कोका-कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भन्नुभयो, “हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदैहाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ । हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्धन गर्ने अवसरहरू सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौँ । सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्‍याउने लक्ष्य राखेका छौँ । सक्षम कार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभाव र उद्योगमा ल्याएको परिवर्तन देख्न पाउँदा हामी निकै उत्साहित छौं ।”

    २०२४ मा बृहत समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरुद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू संचालन गरिएको थियो । दुई-महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्त लगायत विभिन्न विषयका सत्रहरू समावेश थिए । उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवद्र्घन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरुले आवेदन दिएका थिए । आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरुलाई कार्यक्रममा समावेश गरिएको छ ।

    २०२४ को सक्षम कार्यक्रमका लागि छनौट
    भएका सहभागिहरुमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजि महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन्। आफ्ना नवीन विचारहरूलाई प्रभावकारी उद्यममा रूपान्तरण गर्न इच्छुक यी महिलाहरुलाई उक्त कार्यक्रममा विभिन्न श्रोत, साधन तथा विज्ञहरु उपलब्ध गराईने छ । २०२२ मा सुरु भएको सक्षमको कार्यक्रमको मूख्य उद्देश्य महिलाहरुमा उद्यमशीलताको विकास गर्नु रहेको छ ।

    यो कार्यक्रमले नेपाली महिलाहरुले संचालन गरेका साना तथा मझौला उद्योगहरुको क्षमता विकास गर्ने काम गरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले वृहत संजालको विकास गर्दै २,००० भन्दा बढी महिलाहरुको क्षमता विकासमा काम गरेको छ । यस वर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तिकरणर्लाई नेपालभर जारी राख्दै थप १,००० महिलाहरूलाई कोका-कोलाको संजालमा जोड्ने तयारी भईरहेकोछ ।

    कोका-कोलाले बोटलर्स नेपाल लिमिटेडसँगको सहकार्यमा महिला खुद्रा बिक्रेता र साना रेस्टुरेन्ट व्यवासयहरूलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापनसम्बन्धी तालिममार्फत सहयोग गर्नेकार्य जारी राखेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ