Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ओमोडाले ल्यायो, नयाँ एक्सचेन्ज योजना


ग्लोबल पाना
मंगलबार, असार ४ २०८१
  • 336
    SHARES

  • images
    ओमोडाले ल्यायो, नयाँ एक्सचेन्ज योजना

    काठमाडौं । विद्युती सवारी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडीको साटि ओमोडा ई-फाइभ विद्युतीय सवारी खरिद गर्दा एक लाख ५० हजार रुपैयाँ बोनस पाउने भएका छन् ।

    images
    images
    images

    त्योसँगै ओमोडाले प्रत्येक गाडी खरिदमा ग्राहकलाई सात किलोवाटको चार्जर पनि दिने जनाएको छ । गाडीको प्रतिमूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

    योजना अवधिभर सीमित स्टक रहेको ओमोडा ई-फाइभ खरिदमा चालु आर्थिक वर्षको सडक कर (रोड ट्याक्स)मा पूर्ण छुट मिल्नेछ । ग्राहकलाई थप नगद छुट (क्यास डिस्काउन्ट) र प्रत्येक खरिदमा गाडीको कनेक्टिभिटी र कार्यक्षमतालाई बढाउने टी-बक्स निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ