Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बिकास र वातारण बिच समन्वयको लागि बैठक


ग्लोबल पाना
बुधबार, असार ५ २०८१
  • 602
    SHARES

  • images
    बिकास र वातारण बिच समन्वयको लागि बैठक

    पोखरा ,५  असार । डिभिजन वन कार्यालय कास्कीले बिकास र बाताबरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले  बिकास र बाताबरण क्षेत्रको उचित समन्वय बिना सन्तुलित बिकासको अबधारणा संभावना नहुने र सन्तुलित बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने   बताउनुभयो।

    images
    images
    images

    पौडेलले बिकासका नाममा हुने हुने वन र बाताबरण क्षेत्रको बिनासले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु  उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रीत हुन पालिकाहरूलाइ आग्रह गर्नुभयो। बाताबरणिय प्रभाब मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर बिकासका गतिबिधि अगाडि बढाउनुपर्ने पौडेलको भनाइ थियो। कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बिकास र बाताबरणको बिचमा देखिएका असन्तुलित बिकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गर्नुभयो।

    कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्लेले बाताबरण मैत्री  सन्तुलित बिकासका लागि स्थानिय तहको भुमिका बिषयमा चर्चा गर्नुभएको थियो । मानबिय क्रियाकलाप का कारण  हाबापानी सहित इकोसिस्टम, बायुमण्डलिय उष्णता  बढ्न पुगि जैबिक बिबिधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको बाताबरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पार्नुभएको । सन २०४५ सम्म नेपालले कार्बनमुक्त देश निर्माणको नीति लिएको भन्दै त्यसको लागि स्थानिय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रममा जि .स .स. कास्कीका उप प्रमुख सरिता माल, डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतम, कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष, जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू  सहित बिकास  वन र बाताबरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन बन अधिकृत राजेन्द्र प्रसाद शर्माले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ