Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

केयर गिभरमा इजरायल जानका लागि ८ सय जना आवेदन माग


ग्लोबल पाना
मंगलबार, असार ११ २०८१
  • 509
    SHARES

  • images
    केयर गिभरमा इजरायल जानका लागि ८ सय जना आवेदन माग

    काठमाडौं । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो । नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन । इजरायलले ८ सय जना कामदार माग गरेको मध्ये ५ सय जना मुख्य उम्मेदवार हुनेछन् भने बाँकी तीन सय जनालाई वैकल्पिकमा राखिने छ ।

    images
    images
    images

    इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ । विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीणर् गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।

    यस्तै, योग्यता पुगेका आवेदकलाई गोलप्रथाबाट छनोट गरिने विभागले जनाएको छ । यो श्रमका लागि इजरायल जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ