Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई


ग्लोबल पाना
बुधबार, असार १२ २०८१
  • 336
    SHARES

  • images
    ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

    काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यसपालीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई दिने निणर्य गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमका बीच एक लाख नगदसहित सम्मान गर्ने जानकारी गराए ।

    images
    images
    images

    उनले भने, ‘पुरस्कृत कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई यही महिनाको १४ गते जननेता मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमकाबीच रु १ लाख नगदसहितको सम्मान-पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।’केन्द्रले विगत २०४१ सालदेखि चिया खेतीका माध्यमबाट रोजगारी सिर्जना, स्थानीय बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुरयाउने मुख्य उद्धेश्य राखी ९५ हेक्टर जमिनमा फैलिएको ६ लाखभन्दा बढी चियाका विरुवाहरुको नवीन आयुर्वेदिक जैविक खेती प्रविधि मार्फत १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राक्तिक मसलाहरुसहित बार्षिक रुपमा १०० टनभन्दा चिया तथा जडीटीको गुणस्तरीय उत्पादन गरि स्वदेश एवं विदेशमा पठाउने गरेको छ ।

    प्रत्येक वर्ष मदन भण्डारी फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । यसपाली वार्षिक रु ४ करोडभन्दा बढी कारोबार गर्ने नेपालको अर्गानिक चिया बगान र जैविक हरियो चिया उत्पादनको नमुना संस्थाका रुपमा स्थापित संस्था, कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथर लाई प्रदान गरिएको छ । यो केन्द्रले १५० भन्दा बढी किसानलाई प्रत्यक्ष र ४०० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी प्रदान एवं यो केन्द्रले छोराछोरीलाई छात्रवृत्ति, इको-हाउस परियोजना, गाई बैंक परियोजना, किसान सहकारी पसल, सामुदायिक विकास निर्माण जस्ता कार्यहरु पनि गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ