Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले गर्यो नेपालमा रेड्मी १३ लन्च


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 362
    SHARES

  • images
    ग्लोबल टेक्नोलोजी लिडर शाओमीले गर्यो नेपालमा रेड्मी १३ लन्च

    काठमाडौं, असार १३ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।

    images
    images
    images

    लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यु ले भन्नुभयो, “ नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरुलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”

    मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शनः

    रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो  अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।

    दमदार ६.७९ इन्चको फुल एचडी डिस्प्लेः

    रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । २४६० ८ १०८० पिक्सेलको रिजोल्युसनले जीवन्त कलर अनुभव र डिटेल प्रदान गर्दछ । ९० हर्ज सम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्दछ । साथै लो ब्लु लाइट र फ्ल्यास-रहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग पनि सुनिश्चित गर्दछ ।
    पर्याप्त स्टोरेज र र्‍याम विकल्पहरूः

    रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र र्‍याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी र्‍याम १२८ जिबी स्टोरेज र ८ जिबी र्‍याम  २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ