Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रियलमी : मिस्टर नेपालको मुख्य प्रायोजक


ग्लोबल पाना
शनिबार, असार २२ २०८१
  • 329
    SHARES

  • images
    रियलमी : मिस्टर नेपालको मुख्य प्रायोजक

    काठमाडौं, असार २१ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य  प्रायोजक  भएको  छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले  २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

    images
    images
    images

    यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीज्युले भन्नुभयो, “मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।    रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।” 

    त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ श्री रवि धमलाज्युले भन्नुभयो, “मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं । यो सहकार्य हाम्रो लागि महत्वपूणर् कोसेढुङ्गा हो। हामीलाई आशा छ यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्‍याउने छ ।”

    मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

    देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ