Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बेपत्ता २ बसको खोजी कार्य जारी, गोताखोर परिचालन


ग्लोबल पाना
शुक्रबार, असार २८ २०८१
  • 358
    SHARES

  • images
    बेपत्ता २ बसको खोजी कार्य जारी, गोताखोर परिचालन

    चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । अहिले बेपत्ता बस र यात्रुहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको बताएको छ ।

    यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

    उनले भनेका छन्, नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ