Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुल्ला  


ग्लोबल पाना
शनिबार, असार २९ २०८१
  • 401
    SHARES

  • images
    ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुल्ला  

    काठमाडौं, असार २७ । नेपालकै प्रतिष्ठित अवार्ड, ग्लोकल टिन हिरो नेपाल लेे दशौं वर्ष मनाउँदै छ । यो प्रतिष्ठित अवार्डद्वारा उल्लेखनीय नेतृत्व, नवीनता, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका असाधारण किशोर किशोरीहरूलाई सम्मान गरिन्छ । 
    अवार्ड समारोहका आयोजक ग्लोकल प्रा.लि. ले अहिले देश भरबाट आवेदनहरू स्वीकार गरिरहेको छ । आयोजकका अनुसार उल्लेखनीय नेतृत्व, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता प्रदर्शन गरेका १३ देखि १९ वर्षका किशोरकिशोरीहरूले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    छनोट भएका आवेदकहरूको नाम यही भाद्र १६ अर्थात (सेप्टेम्बर १, २०२४) मा सार्वजनिक गरिनेछ । छनौट भएका किशोर किशोरीहरूले समाजलाई नवीनता, नेतृत्वदायी भूमिका र सकारात्मक परिवर्तन गर्न सक्ने नयाँ विषयवस्तु ल्याउने सक्ने आशा गरिएको छ ।

    ग्लोकल टीन हिरोको लेगेसि :
    सन् २०१५ मा सुरु भएको ग्लोकल टीन हिरो काठमाडौंका सीमित थियो पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।  अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्यका साथ, ग्लोकल टीन हिरोलाई भारत, श्रीलंका र बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो । यस प्लेटफर्ममा हरेक वर्ष विश्वभरिका उत्कृष्ट किशोर/किशोरीहरूलाई समावेश गराउने क्रम बढ्दै गइरहेको छ । 

    ग्लोकल टिन हिरोको यो १०औं वर्ष हो । ग्लोकल टिन हिरो नेपालले नेपालका उत्साही, नवप्रवर्तनशील र प्रतिबद्ध किशोरकिशोरीहरूलाई पहिचान र सशक्तिकरण गर्ने लक्ष्यका साथ आवेदनहरू स्वीकार गर्ने तयारी गरेको छ । यस पहलले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्वपूणर् प्रभाव पार्ने किशोरकिशोरीहरूको सकारात्मक योगदानलाई प्रकाश पार्ने प्रयास गर्दछ ।  

    विगत नौ वर्षहरूमा, यस अवार्डले धेरै युवा परिवर्तनकर्ताहरूको कथाहरूलाई प्रकाशमा ल्याएको छ। अग्रगामी वातावरणीय पहलहरूदेखि नवप्रवर्तनात्मक स्टार्टअपहरू सुरु गर्न, सामाजिक न्याय, स्वास्थ्य जागरूकता, र खगोल विज्ञान अन्वेषणको वकालत गर्ने, यी किशोरकिशोरीहरूले आफ्नो समुदायमा ठोस परिवर्तन मात्र ल्याएका छैनन् आफ्ना उमेरका साथीहरूलाई ठूला सपना देख्न र साहसिक कदम चाल्न पनि प्रेरित गरेका छन् । 

    प्रेरणाको एक दशक :
    ग्लोकल टिन हिरोको यात्रा गएका नौ वर्षहरूमा परिवर्तनशिल बन्दै गएको छ  । प्रत्येक वर्ष, छनोट प्रक्रिया अझ कडा हुँदै गएको छ, देशव्यापी रूपमा प्रतिभाशाली किशोरकिशोरीहरूबाट बढ्दो संख्यामा आवेदनहरू प्राप्त हुँदै आएका छन् । ग्लोकल टिन हिरोको प्रभाव अवार्ड प्राप्त गर्नेहरुमा मात्र सीमित छैन । यसले युवा सशक्तिकरणलाई प्रोत्साहित गरेको छ, स्कूलहरू, समुदायहरू, र परिवारहरूलाई यी किशोरकिशोरीहरूलाई समर्थन गर्न प्रोत्साहन गरेको छ । ग्लोकल टिन हिरोसँग आउने समाचार र सार्वजनिक मान्यताले किशोर किशोरीहरूको आवाजलाई सशक्त बनाएको छ, जसले उनीहरूको पहलकदमीहरूको लागि थप श्रोतहरू र समर्थन आकर्षित गर्न मद्दत पुर्‍याएको छ ।

    छनोट प्रक्रिया :
    ग्लोकल टिन हिरोको छनोट प्रक्रिया पूणर् पारदर्शी छ । यो खुला आवेदनको आह्वानबाट सुरु हुन्छ, जहाँ राष्ट्रव्यापी रुपमा किशोरकिशोरीहरूले आफ्नो प्रोफाइलहरू निःशूल्क पेश गर्न सक्छन् र आफ्नो कामहरूको वणर्न गर्न सक्छन्। विभिन्न क्षेत्रका विज्ञहरूको निणर्यक मण्डलले मापदण्डको आधारमा यी आवेदनहरूको समीक्षा गर्दछन् । सबैभन्दा योग्य आवेदकहरुको पहिचान गर्न यो कडा मूल्याङ्कन प्रक्रियाले यो सहज गर्दछ । 

    जितको प्रभाव :
    ग्लोकल टिन हिरोको पुरस्कार जित्नु विजेताहरूको लागि जीवन परिवर्तनकारी अनुभव हुन सक्छ । यसले उनीहरूलाई आफ्ना पहलकदमीहरू विस्तार गर्न, र स्थापित व्यक्तित्वहरूबाट मार्गदर्शन प्राप्त गर्न प्लेटफर्म प्रदान गर्छ । ग्लोकल टिन हिरोका पूर्व विजेताहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आफ्नो प्रभावलाई विश्वव्यापी स्तरमा अघि बढाएका छन् ।

    यसबाहेक, अवार्डले विजेताहरू बीच सशक्त समुदायको भावना विकास गर्दछ। विगतका विजेताहरूले प्रायः परियोजनाहरूमा सहकार्य गर्छन्, एकअर्काका पहलकदमीहरूलाई समर्थन गर्छन्, र नयाँ आवेदकहरूको अर्को पुस्तालाई प्रेरित गर्न पनि गर्दछन्, साथै युवाहरूको सशक्तिकरण र नवप्रवर्तनको दीर्घकालीन विरासत सिर्जना गर्दछन् । ग्लोकल टिन हिरो र यसको पहलहरूबारे थप जानकारीका लागि र १० औं संस्करणका लागि आवेदन दिन धधध।नयिअबतिभभलजभचय।अयm मा जानुहोस् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ