Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मनकामना केबलकार ५० दिन बन्द


ग्लोबल पाना
सोमबार, असार ३१ २०८१
  • 380
    SHARES

  • images
    मनकामना केबलकार ५० दिन बन्द

    सुलीकोट, असार ३१ गते । नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनु भयो ।

    images
    images
    images

    उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।

    २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

    प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनर्थीलाई मध्यनजर गर्दै १ महिना अगाडि सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।

    साथै दर्शनर्थीलाई परेको असुविधा प्रति क्षमा याचना गर्दै यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने समेत प्रालिले सोमबार सूचना निकालेर जानकारी गराएको छ । - गाेरखापत्र अनलाइन

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ