काठमाडौं । उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोफा हब काठमाडौ चौथो बर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गरेको छ ।
दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले कोइरालामार्ट सामाखुशी,कागेश्वरी गोठाटार ,पोखरा र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।
हामीसँग दक्ष कार्पेन्टरहरु छन,गुणस्तरीय सामान प्रयोग गर्छौं, जसले गर्दा उत्पादनको क्वालिटी र फिनिसिङ ग्राहकले खोजेजस्तै हुन्छ- कम्पनीका निर्देशक सरस्वती देवकोटा धरेलले बताईन।
व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा चौथो बर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीलाई अग्र स्थानमा पुर्याउन कर्मचारीहरूको उत्तिकै भूमिका रहेको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न प्रयास गर्नुपर्ने पनि धरेलले बताईन।
सोफा हब काठमाडौले ५ देखि १० वर्षसम्म वारेन्टी समेत दिने गरेको छ। घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था कम्पनीले गरेको छ।
१५० जना भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोगारी पाईरहेका यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


