Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वाइवाइले क्यानलाई १० लाख प्रोत्साहन रकम हस्तान्तरण गर्‍यो


ग्लोबल पाना
बुधबार, साउन २ २०८१
  • 414
    SHARES

  • images
    वाइवाइले क्यानलाई १० लाख प्रोत्साहन रकम हस्तान्तरण गर्‍यो

    काठमाडौं । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप वाइवाइले घोषणा गरेअनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    वाइवाइले विश्वकप सुरुहुनअघि शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको थियो ।

    सोही घोषणा बमोजिम वाइवाइले विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूणर् रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ