Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुदै


ग्लोबल पाना
शुक्रबार, साउन ४ २०८१
  • 477
    SHARES

  • images
    फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुदै

    काठमाडौं, ४ साउन । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच शुरु हुन गईरहेको छ। यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिब तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दुरीलाई कम गर्न डिजाइन गरिएको हो । फुडमान्डुले यो भन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनिले जनाएको छ ।

    images
    images
    images

    यस कार्यक्रमबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिब म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, “हामी यस कार्यक्रम मार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ। यस कार्यक्रम मार्फत हामीले विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं।”

    एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरु हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन्। उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिब, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धि व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन्।

    यस कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरिवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिबको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए  उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए।

    फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीहरुको मार्केटिब र आन्ट्रप्रेनर्शिप सम्बन्धि विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ ।

    स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच प्रति इच्छुक विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नको लागि निकै उत्साहित रहेको कम्पनिले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ