Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा पनि सम्पन्न


ग्लोबल पाना
मंगलबार, साउन ८ २०८१
  • 285
    SHARES

  • images
    एन्टर्क ओनर्स ग्रुप (एनओजी) माइलेज टेस्ट पोखरामा पनि सम्पन्न

    पोखरा, श्रावण ८ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । श्रावन ५ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो ।

    images
    images
    images

    स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने, ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    उक्त राइड सम्पूणर् सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराको शोरुम, स्क्वायर मोटसका ओनर बिनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गर्नुभएको थियो ।

    टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

    यो अविस्मरणीय राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूणर् कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ