Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो र रातिको मौसम कस्तो रहला ?


ग्लोबल पाना
बुधबार, साउन ९ २०८१
  • 282
    SHARES

  • images
    वाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो र रातिको मौसम कस्तो रहला ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णााली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ