CANADA को AB Province, Rocky Mountain को काखमा रहेको CALGARY शहरमा विधिवत रुपमा Alberta Nepal Chamber या Commerce को उद्घाटन भयो। सो उदघाटन समारोहमा विशिष्ट अतिथिहरु Canada का लागी नेपाली राजदुत महमहीम भरत राज पौडयाल, AB प्रान्तका कानुन मन्त्री Mickey Amery, Member of Parliament का प्रतिनिधिहरु George Chahal, Yasraj Hallen, Calgery महानगरपालिकाका ward ५ का वडा अध्यक्ष Raj Dhaliwal पूर्व मन्त्री Jeremy Nixon, AB प्रान्तको मुख्य मन्त्रीको सचिवालयबाट Dr. Chicka Daniels, Happy Mann को उपस्थिति रहेको थियो।
यसै गरी NRNA, ICC का प्रतिनिधिहरु NRNA Canada का अध्यक्ष Madhav Dulal, NRNA का कार्यसमितिका साथीहरु, North America Journalist Association -NEAJA का अध्यक्ष Suraj Bhandari, समितीका साथीहरु, विभिन्न संघ संस्थाका प्रिनिधिहरु, विभिन्न व्यापार व्यवसायका सञ्चालकहरू, Calgary का विशिष्ट व्यक्तिहरु, स्थानिय पत्रकार साथीहरु र Calgary मा रहेका बुद्धिजिवीहरुको उपस्थिती रहयो।
यस कार्यक्रममा ANCC का विशेष सल्लाहकार Dev Rodney र Manish Adiani को उपस्थिती थियो भने Nepal बाट पूर्व Nepal Chamber of Commerce का अध्यक्ष Rajendra Malla र उद्योगपती Nepal Chamber Of Commerce का सल्लाहकार Makunda Timilsina ले ANCC लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।
यस कार्यक्रमको उदघाटन समारोहमामा दिप प्रज्वलन महामहिम राजदुत Bharat Raj Paudel बाट गरिएको थियो। यसैगरी ANCC को सिलन्यास कानुन मन्त्री Riboon Cutting बाट भएको थियो र George Chahal / Jasraj Hallanलाई सबै अतिथीहरुले साथ दिनु भएको थियो।
यस कार्यक्रमको सुरुवात Land of Acknowledgement र दुई देशको राष्ट्रीय धुनबाट सुरु गरिएको थियो। यस कार्यक्रमको सुरुवात ANCC का उपाध्यक्ष Diwas Dhakal द्वारा विधिवत रूपमा सञ्चालन भएको थियो। यस कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरु बाट ANCC लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। यस अवसरमा ANCC का अध्यक्ष Sameer Pandey बाट स्वागत मन्तव्य दिएर कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई स्वागत गर्नु भएको थियो। सो अवसरमा उहाले Nepal / Canada को AB बिचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन र प्रवर्धन, व्यापारीक सम्बन्ध, र दुई देशको सरकार बिचको Bridge Chamber को उद्देश्य रहेको प्रष्ट पार्नु भयो। यसका साथसाथै AB मा रहेका व्यवसायीहरुलाई व्यापार प्रवर्धनमा मार्गदर्शन ANCC ले गर्ने कुरामा जोड दिनु भयो।
यसै गरी महामहिम राजदुत भरत पौडयाल ANCC ले आर्थिक, समाजिक, पर्यटन प्रवर्धन को विकासको लागी कोसेढुङ्गा सावित हुनेकुरामा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने कुरामा मन्तव्य व्यक्त गर्नु भयो र Nepal सरकारको तर्फबाट ANCC लाई पुर्ण सहयोग हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा यस AB प्रान्तीय सरकारका कानुनमन्त्री Mickey Amery ले आफ्नो तर्फबाट ANCC लाई पूर्ण सहयोग र यस्ले Nepal सरकार र AB सरकार बीचको एतिहासिक सम्बन्धको सुरुवात गरेको कुरा व्यक्त गर्नु भयो। साथै उहाले आफ्नो सम्पूर्ण सहयोग ANCC लाई रहने कुरा व्यक्त गर्नु भयो।
यसै कार्यक्रममाMember या Parliament का George Chahal ले ANCC लाई केन्द्रीय सरकार सँग समन्वय गराई कृषि, ऊर्जा सम्बन्धी विकासको पक्षमा आफू पुर्ण रूपले सहयोग गर्ने र आवस्यक सहयोग जुटाउने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले आफू Canada को प्राकृतिक श्रोत समितिको अध्यक्ष भएको हैसियतले आफ्नो तर्फबाट पुर्ण सहयोग रहने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो। George Chahal ले यस अवसरमा नेपाल र क्यानडाको बीचमा Nepal and Canada Parliamentary friendship को बिचको सम्बन्ध अझै दिगो बनाउने कुरामा आशावादी भएको कुरा व्यक्त गर्नु भयो
यसै गरी Member या parliament को Jasraj Hallen ले यो नयाँ आयमले Nepal / Canada को बिच आर्थिक, समाजिक र सांस्कृतिक भाइचारा प्रवर्धन गर्ने कुरामा विश्वास व्यक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट यस ANCC लाई चाहिने सहयोग गर्दछू भन्नु भयो।
अर्का वक्ता Raj Dhaliwal ले ANCC को स्थापनाले आफु निकै हर्षित भएको र आगामी दिनमा chamber को उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो। उहाले ANCC को स्थापनाले व्यापार, प्रवर्धन, सामाजिक र सांस्कृतिक आदान प्रदान गर्ने कुरामा अग्रिम भुमिका खेल्ने कुरामा विश्वास दिलाउनु भयो।
NRNA Canada का अध्यक्षMadhav Dhulal ले यो कार्यक्रम एतिहासिक भएको र यस्ले Nepal / Canada को बिच व्यापारीक र सांस्कृतिक सम्बन्धको पूर्ण सहयोग र समन्वयन रहने कुरा बताउनु भयो।
यसै गरी व्यापार व्यवसायको तर्फबाट श्रीकान्त अर्यालले यस ANCC को उत्तरोत्तर प्रगतीको कामना गर्नुका साथै बधाई दिनु भयो।
यसै गरी ANCC को विशेष सल्लाहकार पूर्व मन्त्री र २ times Everest Summiter Dev Rodney ले आफु ANCC र यसको विकासको लागी हर क्षेत्रबाट सहयोग गर्ने कुरामा दृणा रहेको बताउनु भयो। अर्का ANCC का विशेष सल्लाहकार Manish Adiani ले यस ANCC को लागी जस्तो सुकै सहयोग गर्न तत्पर रहेको र यस ANCC को उज्वल भविष्यको कामना गर्नु भयो। यसैगरी Nepal मा रहनु भएका विशेष सल्लाहकार पूर्व Nepal Chamber या commerce का अध्यक्ष र Nepal chamber of Commerce का सल्लाहकार Rajendra Malla र Makunda Timilsina ले ANCC लाई पूर्ण सहयोग र सहकार्य गर्ने प्रतबद्धता जनाउदै शुभकामना सन्देश व्यक्त गर्नु भयो।
यस कार्यक्रममा नेपाल दर्शने सांस्कृतिक झलक साना नानीहरूले गरेको प्रस्तुतिबाट अतिथिहरु सार्है प्रभावित हुनु हुन्थ्यो।
अन्तिममा यस कार्यक्रमको चियापानमा सम्पूर्ण अतिथि, सामाजिक समन्यकर्ता, व्यापारीहरु, बुद्धिजीवीहरुले chamber को उत्तरोत्तर प्रगतीको शुभकामना दिदै यस chamberले नेपाल र क्यानडा बिचमा Brain and Bridge को कामगर्ने कुरामा दुईमत नहुने र आआफ्नो तर्फबाट सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो।
अन्तमा यस ANCC का Director Dhurba Rai द्वारा कार्यक्रममा अवस्थित सम्पूर्ण अतिथिहरु धन्यवाद ज्ञापन गर्नु भयो र साथै सम्पूर्ण Volunteer हरुलाई उहाहरुको सहयोगको लागी आभारी व्यक्त गर्नु भयो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


