Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अनुदानमा उपलब्ध गराउने रासायनिक मल सहज गर्न सहकार्य


ग्लोबल पाना
आइतबार, पुस १० २०७९
  • 205
    SHARES

  • images
    अनुदानमा उपलब्ध गराउने रासायनिक मल सहज गर्न  सहकार्य

    काठमाडौं । सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ । बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्ने गरी सहमति गरेको छ ।

    images
    images
    images

    नगरपालिकाभित्रका किसानलाई महलको सहज आपूर्ति गराउँदै उचित मूल्यमा सरकारले अनुदानमा दिएको रासायनिक मल दिने गरी सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक राजु खड्काले जानकारी दिए । “किसानले मलको सहज आपूर्ति नहुँदा समस्या भोग्नुपरेको छ, मूल्यमा समेत एकरुपता नहुँदा किसान मर्कामै परेका छन्, यस विषयमा मलको मागअनुसार समयमै मल आपूर्ति गर्ने र मूल्य निर्धारणलाई एकरुपता गराउने गरी सहमति भएको छ, साल्ट ट्रेडिङ कर्पोरेशनबाट खरिद गरेको मल व्यापारीले नगरपालिकाले स्थानअनुसार तोकेको वैज्ञानिक मूल्यमा मात्रै बिक्री गर्न पाउनेछन्”, उनले भने, “युरिया, डिएपी र पोटास मलको नगरपालिकाको वडाअनुसार ढुवानी खर्चका आधारमा मूल्य निर्धारण गरिएको छ, यसकारण किसानले सही समय र मूल्यमा मल पाउनेछन् ।”

    मल विक्रेताले नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशनबीच भएको सम्झौताअनुसारको मूल्यमा मल बिक्री नगरे कारबाही हुने खड्काले उनले बताए । बजार अनुगमनका क्रममा रासायनिक मलको मूल्यमा एकरुपता नदेखिएको र किसानले सहजरूपमा मल नपाउँदा कालोबजारी हुनसक्ने भन्दै मल व्यवस्थापनका लागि बनेको स्थानीय समिति र साल्ट ट्रेडिङ कर्पोरेशनबीच लिखित सम्झौता नै भएको छ । उपप्रमुख खड्काका अनुसार आगमी वर्षमा आवश्यक मलको अध्ययन गरेर आपूर्तिका लागि सहजीकरण गर्दा मलको अभाव नहुने जनाउँदै नगरपालिकाले बजार अनुगमनलाई समेत तीव्रता दिइराख्ने बताए । मलको आवश्यकता निर्धारण गरेपछि मात्रै मलको सहज आपूर्ति गर्न सकिने र मूल्यमा एकरुपतमा बनाउँदा किसान ठगिनबाट जोगिनलाई नगरपालिकाले साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरणसँग समन्वय गरेर अगाडि बढेको छ ।

    व्यापारीले रासायनिक मललाई मनोमानी ढङ्गले बिक्री वितरण गरेको अनुगमनका क्रममा पाइएकाले नगरपालिकाले ढुवानीसहित निर्धारण गरेको मूल्यमा बिक्री वितरण गर्ने गरी मल विक्रेतालाई मल उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण केन्द्रका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । “नगरपालिकाभित्रका व्यापारीले युरिया मल प्रतिकेजी रु २७ सम्म बिक्री गरेको अनुगमनमा क्रममा पाइयो, तर नगरपालिकाले ढुवानी खर्चसहित बजार क्षेत्रमा जम्मा प्रतिकेजी रु २३ मूल्य निर्धारण गरेको छ, किसान नठगिनका लागि मूल्यमा एकरुपता ल्याएका हौँ”, उनले भने, “मूल्यमा एकरुपता गराएजस्तै मल आपूर्तिमा समेत स्थानीय तहले निरन्तर समन्वय गर्नुपर्ने हुन्छ ।” राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, साल्ट ट्रेडिङ कर्पोरेशन, बागलुङ, कृषि ज्ञान केन्द्र र बागलुङ उद्योग वाणिज्य सङ्घले निर्धारण गरेको मलको मूल्यलाई बागलुङ नगरपालिकाले सदर गर्दै सोही मूल्यमा मल खरिद गर्न किसानलाई आग्रहसमेत गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार बजार क्षेत्रमा युरिया मल प्रतिकेजी रु २३ र नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रतिकेजीको मूल्य रु २५ निर्धारण गरेको छ । यस्तै डिएपी मलको बजार क्षेत्रमा प्रतिकेजी रु ५२, बजार नजिकका वडामा प्रतिकेजी रु ५३ र बलेवा क्षेत्रमा प्रतिकेजी रु ५४ मूल्य निर्धारण गरेको छ । यस्तै पोटास मलको बजार क्षेत्रमा प्रतिकेजी रु ४०, बजारसँग नजिक रहेका वडामा रु ४१ र अन्य वडामा रु ४२ मूल्य निर्धारण गरिएको छ । नगरपालिकाले निर्धारण गरेको मलको मूल्यमा झोला, ढुवानी र चुहावटसमेत समावेश गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ