Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न


ग्लोबल पाना
आइतबार, साउन २० २०८१
  • 314
    SHARES

  • images
    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन सम्पन्न

    १७ साउन, काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन श्रावण १९ गते शनिवार सम्पन्न भएको हो।

    images
    images
    images

    जसमा चर्चित गायक आनन्द कार्की, अन्र्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, गीतकार एवं समाजसेवी सत्यकला लामा, रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा र मिस गुरुङ्ग ईन्टरनेशनल पाचौं श्रृंखलाकी फर्ट रनर अप तारा गुरुङ्ग निर्णायक रहेका थिए ।

    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको दोस्रो ग्राण्ड अडिसन भदौं १ गते गरिने ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाले बताए । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो ।

    ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ