Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक समिक्षा सम्पन्न


ग्लोबल पाना
आइतबार, साउन २० २०८१
  • 527
    SHARES

  • images
    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक समिक्षा सम्पन्न

    चितवन । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड ले आफ्नो प्रथम वर्षको वार्षिक समिक्षा तथा यस आ व २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी यही श्रावन १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गरेको छ ।

    images
    images
    images

    कम्पनीका सञ्चालक श्री गणेश राज पन्तको अध्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभागिय प्रमुखहरु, शाखा प्रवन्धक तथा मार्केटिङमा आवद्ध कर्मचारी समेतको उपस्थिति रहेको थियो ।

    कम्पनी सचिव श्री राजेन्द्र पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा गत आ व को उपलब्धि समिक्षा तथा आगामी रणनीतिका वारेमा महाप्रवन्धक श्री अभिम डंगोल ले आफ्नो प्रस्तुती राखे पश्चात सम्पूर्ण शाखा प्रवन्धकहरुले कम्पनीको आगामी योजनाअनुसार अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका छन ।

    कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री नरेश कुमार रोकाले कम्पनीको स्थापना देखि हालसम्मको सम्पूर्ण वस्तुस्थितिको बारेमा जानकारी गराउदै व्यापार व्यवसाय वृद्धिका साथ साथै प्रचलित नियम कानुनको पूर्ण पालना गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै सम्पूर्ण विभागिय प्रमुख तथा शाखा प्रमुख समेतलाई हाल सम्मको उपलब्धिका लागि धन्यवाद व्यक्त गरेका छन भने चालु आ व का लागि शुभकामना समेत दिएका छन ।

    सोही कार्यक्रममा उहाँले कम्पनीको समग्र स्थिति तथा प्राथमिकताको क्षेत्र र कम्पनीको आदर्श बाक्यको वारेमा छलफल गर्दै लक्षित वर्ग तथा उनिहरुका जोखिमलाई प्राथमिकतामा राखेर बीमालेख जारी गर्न सम्पूर्ण शाखा प्रवन्धकहरुलाई आग्रह गरेका छन ।

    कार्यक्रमकको समापनमा बोल्दै सञ्चालक श्री गणेश राज पन्तले यस कार्यक्रममा आफु सहभागी भएर कम्पनीको समग्र वस्तुस्थिति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको तथा यस कम्पनीले विगतमा गरेको प्रगतिमा आफुलाई सन्तुष्टि मिलेको र विहानीले दिनको झझल्को दिन्छ भने झै आगामी दिनहरुमा अझ प्रगति गर्नेमा आफु विस्वस्थ रहेको कुरा व्यक्त गर्नु भयो ।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ