Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ सम्पन्न


ग्लोबल पाना
मंगलबार, साउन २२ २०८१
  • 367
    SHARES

  • images
    हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images
    images

    कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बिधा अन्तर्गत उत्कृष्ठ कारोबार गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरेको जानकारी दिएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनी व्यवसायिक रुपले बलियो बन्दै गएको बताएका छन् ।

    सोही कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न क्षमता अभिवृद्धि तालिम, भ्रमण लगायताका कुरालाई जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा कम्पनीका सीईओ मनोज कुमार लाल कणर्, डिसीईओ कपिल कुमार दाहाल, उच्च व्यवस्थापकीय कर्मचारी र विभिन्न बिधामा सर्बोत्कृष्ट व्यवसाय गर्न सफल ७० जनाको सहभागिता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ