Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २०अन्डर२० को घोषणा


ग्लोबल पाना
सोमबार, साउन २८ २०८१
  • 398
    SHARES

  • images
    ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २०अन्डर२० को घोषणा

    काठमाडौं, अगस्ट १२, २०२४ । आज ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ। ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ।

    images
    images
    images

    ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ। देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको छ।

    २०अन्डर२० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

    यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ - आदेश रेग्मी, १८, सामाजिक कार्यकर्तास आशिष पन्थी, १९, सामाजिक कार्यकर्तास आयुष्मान पुरी, १८, सामाजिक कार्यकर्तास आर्यन बस्नेत, १८, आईटी उत्साहीस आशिष बंजारा, १८, सामाजिक कार्यकर्तास घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मीस ह्याब्साम नेम्वाब, १७, उद्यमीस कौशल निरौला, १९, वातावरण अभियन्तास किशोर शाही, १६, जलवायु अभियन्तास क्रिस्टिना खनाल, १८, प्राविधिक उत्साहीस निश्चल भट्टराई, १६, सामाजिक कार्यकर्तास प्रशिम तिम्सिना, १६, टेक्नोप्रेनरस पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्तास सजनी शर्मा, १९, सामाजिक कार्यकर्तास सौरभ बाँस्तोला, १७, STEM कार्यकर्तास शक्ति केसी, १९, एआई उत्साहीस श्रीजय सुवेदी, १८, प्राविधिक उत्साहीस सिन्सिया केसी, १९, स्वास्थ्य कार्यकर्तास सुगम पराजुली, १९, उद्यमी र तुषार शाह, १७, इनोभेटर।

    देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन्। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारकोरूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, KFC पंचकन्या ग्रुप, नबिल बैंक, डिशहोम गो, Ace Institute of Management, र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस आउटरिच पार्टनरकोरूपमा No Next Question (NNQ); समर्थकमा ईसेवा, पिज्जा हट र आईएमएस ग्रुप रहेका छन्।

    उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुनेछ र चयन भएका युवाहरुको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ। आगामी दिनहरूमा अन्तिम चयनको नतिजाका लागि अपडेट रहनुहोला ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ