Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 517
    SHARES

  • images
    रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौँ, भाद्र ४ । रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत भाद्र १ गते शनिबारका दिन मिनिस्ट्री बार एण्ड क्याफे, गैरीधारामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरुले रक्तदान गरेका थिए ।

    images
    images
    images

    यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, “रियलमीले आफ्न प्रयोगकर्ताहरुलाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभइ समुदायलाई सशक्त बनाउने कुरामा पनि विश्वास गर्दछ । यो रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धतालाई झल्काएको छ । आगामी दिनहरुमा पनि हामी यस्ता सामाजिक कार्यमा सक्रिय रहिरहनेछौँ ।”

    यसमा थप्दै मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवी धमलाले पनि आफ्नोविचार राख्दै भन्नुभयो, “मिस्टर नेपालको उद्देश्य भनेको रुप र प्रतिभाको प्रवर्धन गर्ने मात्र नभइ समुदायमा सकरात्मक प्रभाव पार्नु हो । रक्तदान जस्तो महत्वपूर्ण कार्यमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।

    भविष्यमा पनि मिस्टर नेपालको तर्फबाट यस्तो सामाजिक कार्यमा सक्रियता कायम रहने जानकारी गराउन चाहन्छौँ ।” उक्त रक्तदान कार्यक्रममा सहभागी हुनु अघि मिस्टर नेपालका ६० प्रतिस्पर्धीहरुले नेपाली सेनाबाट शारीरिक तन्दरुस्ती सम्बन्धी तालिम पनि प्राप्त गरेका थिए । यस वर्ष पनि अघिल्ला संस्करण झैं प्रतिस्पर्धीहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएकोछ। मिस्टर नेपालको फिनाले यही भाद्र ८ गते शनिबार काठमाडौँमा हुँदैछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ