Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विपद् सूचनाका लागि राकुटेन भाइबर र NDRRMA बीच सहकार्य


ग्लोबल पाना
बिहीबार , भदौ ६ २०८१
  • 395
    SHARES

  • images
    विपद् सूचनाका लागि राकुटेन भाइबर र NDRRMA बीच सहकार्य

    प्रयोगकर्ताले NDRRMA को आधिकारिक भाइबर च्यानलमार्फत् रियल-टाइम अपडेटहरू एवं सुरक्षा उपायहरू सिधै प्राप्त गर्न सक्नेछन्।

    काठमाडौं । राकुटेन भाइबर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले विपद् जोखिम सम्बन्धी सूचना सम्प्रेषण गर्ने उद्देश्यले  "च्यानल"  सुरु गर्न समझदारी गरेका छन्। यस साझेदारीमार्फत् विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा आपतकालीन तयारीलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्रतिबद्धता जनाएका छन्।

    images
    images
    images

    भाइबरमा सिर्जना गरिएको विपद् सूचना (NDRRMA) च्यानलले प्राकृतिक प्रकोपको समयमा प्रयोगकर्ताहरूलाई सूचना तथा जानकारीहरू उपलब्ध गराउनुका साथै अन्य सुविधा पनि प्रदान गर्नेछ। यसमा प्रयोगकर्ताहरूले रियल-टाइम अलर्ट, समाचार र आवश्यक सुरक्षा दिशानिर्देशहरू प्राप्त गर्नेछन्। यसले प्रयोगकर्तालाई मनसुन अवधिमा आइपर्ने बाढी, पहिरो, भारी वर्षाजस्ता आपतकालीन अवस्थामा पूर्वतयारी गर्न एवं सावधान रहन मद्दत पुग्ने विश्वास गरिएको छ ।

    यो च्यानलमार्फत् प्रयोगकर्ताहरूले समयमै र आधिकारिक जानकारी प्राप्त गर्ने हुँदा आफू र आफ्ना परिवारलाई सुरक्षित राख्न उपयुक्त निर्णयहरू लिन सक्ने हुनाले यो च्यानल स्थानीय समुदायका लागि पनि महत्त्वपूर्ण स्रोत हुने अपेक्षा गरिएको छ। हाल जनसंख्याको उल्लेख्य हिस्सामा स्मार्टफोन र इन्टरनेटको सुविधा पुगेको र न्यू मिडियाप्रति धेरैको अभिरुचि भएका कारण पनि यो नवीन सञ्चार विधि पनि भरपर्दो हुन सक्ने विश्वास गरिएको छ ।

    नयाँ च्यानलको उपयोगिता र प्रभावकारिताका सन्दर्भमा भाइबर र NDRRMA ले हालै गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र, केही प्रतिनिधिभूलक जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र स्वयंसेवकहरूबीच "सिमुलेशन" सञ्चालन गरेका छन्। उक्त अभ्यासले आपतकालीन समयमा भाइबरको प्रयोगले सूचना आदानप्रदानमार्फत् प्रतिकार्यलाई समेत द्रुत र प्रभावकारी बनाउन सकिने देखाएको छ ।

    गृह मन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालका अनुसार “यस्ता सिमुलेशन/अभ्यासहरूले हाम्रा विभाग र कार्यालयहरूबीचको सञ्चारलाई कम खर्चिलो र अझ प्रभावकारी बनाउनुका साथै रेस्पोन्स गर्ने समयलाई अझै छिटो र छरितो पनि बनाउँछ।”

    राकुटेन भाइबरमा एपाकका डाईरेकटर डेविड चेले यस सहकार्यबाट उत्साहित हुँदै भने, “NDRRMA सँगको यो साझेदारी नेपालमा सार्वजनिक सुरक्षा अभिवृद्धि गर्ने दिशामा कदम हो। हाम्रो प्लेटफर्मको प्रयोग मार्फत् हामीले जनतालाई वास्तविक समयमा महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउने लक्ष्य राखेका छौं। आशा छ, यसले उनीहरूलाई मनसुनको मौसममा र अन्य अवस्थामा पनि सुरक्षित रहन मद्दत गर्नेछ।”

    NDRRMA का प्रवक्ता तथा सूचना अधिकारी डा. डिजन भट्टराईले थप प्रष्ट पार्दै भने, “यो च्यानल विपद् पूर्वतयारी र रेस्पोन्सका क्षेत्रमा जारी हाम्रा निरन्तरका प्रयासहरूलाई थप सुधार गर्नका लागि एक बहुमूल्य औजार हो। हामीसँग भाइबरको प्लेटफर्म छ, हामी अब आपतकालीन समयमा चाहिने सूचनाको पहुँच सबैलाई सुनिश्चित गर्न ठूलो जनमानसमा पुग्न सक्छौं।”

    राकुटेन भाइबर 'कम्युनिटी' हरूलाई सम्पर्क र सूचनाको सुविधा प्रदान गर्न प्रतिबद्ध छ। NDRRMA सँगको यो पछिल्लो पहल भाइबरलाई थप पहुँचयोग्य र प्रभावकारी बनाउदै सुरक्षित र विपद् उत्थानशील समाज निर्माणमा योगदान पुर्‍याउने बृहत् प्रयासको एक हिस्सा हो।

    सूचना र जानकारीको लागि आज नै Viber मा विपद् सूचना (NDRRMA) च्यानल" "सब्सक्राइब" गर्नुहोस् ।

    राकुटेन भाइबरको बारेमा:
    राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ