Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणका प्रतिस्पर्धीको नाम घोषणा


ग्लोबल पाना
शुक्रबार, भदौ ७ २०८१
  • 420
    SHARES

  • images
    ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणका प्रतिस्पर्धीको नाम घोषणा

    काठमाडौं । ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर किशोरीहरुबाट कुल ७०९ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ ।

    images
    images
    images

    किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो । हरेक वर्षझैँ यस वर्षपनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

    ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीहरू आशिष पन्थी (१९, प्राविधिक शिक्षक, कपिलवस्तु); घनश्याम विश्वकर्मा (१९, बालअधिकारकर्मी, रुकुम); निश्चल भट्टराई (१६, शैक्षिक कार्यकर्ता, स्याङ्जा); पूणर्िमा तिम्सिना (१७, बाल अधिकार कार्यकर्ता, झापा); सजनी शर्मा (१९, सामाजिक कार्यकर्ता, कास्की); र श्रीजय सुवेदी (१८, प्राविधिक उत्साही, पर्सा) छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ