Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई


ग्लोबल पाना
मंगलबार, भदौ ११ २०८१
  • 523
    SHARES

  • images
    रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई

    काठमाडौं भाद्र १० । रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन्भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    images
    images
    images

    यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, “रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै-धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनि हार्दिक बधाईका साथै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ ।

    साथै प्रतियोगितामा सहभागि सम्पूणर्लाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँ बाहिरी सुन्दरता मात्र नभएर युवाहरुको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ। युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमा आयोजक नेक्स्त मोडल्सको सम्पुणर् टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।”

    प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले तीन लाख रुपियाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्टएक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुब वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुब वेस्ट स्पोर्टस्मेनसिप अर्वाड विजेता भए।

    प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री,मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपाल डा. रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ